देश

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाको शपथ आज

Sharing is caring!


साउन ९, २०८१ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।
लामा मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ ।

संघमा कांग्रेस–एमाले समीकरण बनेसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन भएको हो ।

बागमती प्रदेशमा यसअघि एमाले–माओवादी गठबन्धन अन्तर्गत माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री थिए । तर एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका जम्कट्टेलले आइतबार राजीनामा दिएका थिए ।

लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *