विजनेस

नेप्से ११३.४२ अंकले बढ्यो

Sharing is caring!

साउन १३, २०८१ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से ११३.४२ अंक बढेको छ। उच्च अंकले बढेर नेप्से २६८१.५६ बिन्दुमा पुगेर बन्द भएको हो ।

आज ३१८ कम्पनीका १ लाख ६३ हजार ८ सय १० पटकको कारोबारमा ४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५ रुपैयाँ रहेको छ ।

आज एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैंक छन् । नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल एसबिआई बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, एभरेस्ट बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

१२ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्वाधिक कारोबार कुमारी बैंक र एनआइसी एसिया बैंकको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *