नेप्सेमा सामान्य सुधार
असार ९, २०८२ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज (सोमबार) नेप्से चार दशमलव ७८ अङ्कले बढेर २,६००.७६ बिन्दुमा पुगेको छ ।
आजको कारोबारमा ३२५ वटा कम्पनीका कुल १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयरहरू ७० हजार ८३१ पटक किनबेच भएका छन् । यस अवधिमा कुल कारोबार रकम ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ पुगेको छ।
उपसमूहगत रूपमा हेर्दा आज व्यापार समूह सबैभन्दा धेरै २.२० प्रतिशतले उकालो लागेको छ । यस्तै, बैंकिङ ०.१५, वित्त ०.७२, होटल तथा पर्यटन ०.९०, जलविद्युत् ०.४२, लगानी ०.३७ र लघुवित्त समूह ०.०१ प्रतिशतले बढेका छन् ।
तर, विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूह भने केही अंशले घटेका छन् । विकास बैंक ०.०९, जीवन बीमा ०.३९, उत्पादन तथा प्रशोधन ०.६१, म्युचुअल फन्ड ०.३४, निर्जीवन बीमा ०.२३ र अन्य समूह ०.१९ प्रतिशतले घटेका हुन् ।
शेयर मूल्य वृद्धिमा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अगाडि देखिएको छ । कम्पनीको शेयर मूल्य आज ९.९८ प्रतिशतले बढेको छ। यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा राधी विद्युत् कम्पनी लिमिटेड अगाडि रह्यो । कम्पनीको ५२ करोड १८ लाख ५९ हजार ८६६ रुपैयाँ बराबरको शेयर किनबेच भएको हो। कारोबार संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडका सबैभन्दा धेरै, ८ लाख ३१ हजार ४८१ कित्ता शेयर किनबेच भएका छन् ।

