Headlineसमाचार

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपाली युवाहरूको सफल उद्धार

Sharing is caring!

असार ७, २०८२ । भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवाको सफलतापूर्वक उद्धार गरिएको छ । आकर्षक जागिरको प्रलोभनमा परेर भारत गएका नेपालका विभिन्न जिल्लाका युवाहरूलाई सीमावर्ती क्षेत्रमा पुर्‍याएर जबरजस्ती बन्दी बनाउने, कुटपिट र यातना दिदै विभिन्न शिर्षकमा रकम असुल गरेको भन्ने खबर आएपछि नेपाली राजदूतावास, नयाँ दिल्लीले सक्रियता देखाएको हो ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार, राजदूतावासले उत्तराखण्ड प्रहरी र सामाजिक संस्था Kin India’ सँगको सहकार्यमा उद्धार कार्य सम्पन्न गरेको हो । उद्धार कार्य यहि असार ५ गते गरिएको थियो ।


उक्त घटनासँग सम्बन्धित केही व्यक्तिहरुलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको छ । साथै, बाँकी स्थानमा अझै अलपत्र अवस्थामा रहेका नेपाली युवाहरूको खोजी र उद्धार कार्य पनि जारी रहेको दूतावासले जनाएको छ । उद्धार गरिएका व्यक्तिहरुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्काउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *