मनोरञ्जन

रिलिज अगावै फिल्म ‘पुजार सार्की’ दर्शकलाई देखाइए

Sharing is caring!

जेठ ९, २०८१ । भोलि बिहीबारबाट रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’ रिलिज अगावै दर्शकलाई देखाइएको छ । काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेका आधारमा फिल्म देखाइएको छ ।

निर्माण टिमले मङ्गलबार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो । त्यहाँ दर्शकसँगै फिल्मका कलाकारहरुले पनि फिल्म हेरेका थिए । निर्देशक दिनेश राउतले रिलिज अगावै फिल्म देखाइनुको उद्देश्य फिल्मप्रति वास्तविक दर्शकको दृष्टिकोणबारे बुझ्नु, आफ्नो फिल्मबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु, फिल्म हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरूलाई मनन गरेर दर्शकको चाहना अनुरूप सुधार गर्न फिल्म देखाइएको बताए ।

फिल्मका हेरेका दर्शकले नायक प्रदीप खड्काका अभिनय, आर्यन सिग्देल तथा पल शाहको फरक भूमिका र निर्देशकिय क्षमताको प्रशंसा गरेका थिए ।

फिल्ममा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । किङ्डम नेटवर्कको व्यानरमा निर्माण भएको फिल्ममा सुवास भुषालको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *