राष्ट्र बैंकले पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा बुझायो
वैशाख २४, २०८२ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ ।
बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उक्त प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरण गरेकी हुन् । उनले देशका विभिन्न स्थानमा पुगेर अध्ययन तथा छलफलका आधारमा प्रतिवेदन तयार गरिएको जानकारी दिइन् ।
अर्थमन्त्री पौडेलले उक्त प्रतिवेदन आगामी वर्षको बजेट निर्माणमा मार्गदर्शन प्रदान गर्ने उल्लेख गर्दै समीक्षा प्रतिवेदन उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

