नोकरी

सरकारी जागिरको अवसर : प्रहरी जवानमा ठूलो संख्यामा दरखास्त खुला

Sharing is caring!

असार ६, २०८२ । नेपाल प्रहरीले प्रहरी जवान पदमा १ हजार ८४२ जनाको नयाँ भर्तीका लागि आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रबार सूचना प्रकाशित गर्दै यसअघि खुलाइएको १ हजार १६५ पदमा ६७७ पद थप गर्दै कुल १ हजार ८४२ जनाका लागि आवेदन माग गरिएको जानकारी दिएको हो।

थप पदहरू सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा थप गरिएको विभागले जनाएको छ।

यससँगै प्रहरी सेवामा प्रवेश गर्न चाहने थप युवाहरूमाझ अवसर खुलेको छ।

भर्ती प्रक्रिया सम्बन्धी विस्तृत विवरण, योग्यताको मापदण्ड, आवश्यक कागजात र आवेदन दिने म्याद प्रहरीको आधिकारिक वेबसाइट तथा सूचनामा उल्लेख गरिएको छ।

सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले तोकिएको समयसीमाभित्र आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *