बिचार/ समाज

अबको ३० वर्षभित्र नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान

Sharing is caring!


वैशाख २२, २०८२ । अबको ३० वर्षभित्र नेपाल बुढ्यौली समाजतर्फ रूपान्तरण हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अन्तर्गतको विषयगत प्रतिवेदन : बुढ्यौली अवस्थामा नेपाल सन् २०५० (विक्रम सम्वत् २१११) सम्ममा पूर्ण रूपमा बुढ्यौली समाजमा परिणत हुने उल्लेख गरिएको छ।

प्रतिकूल जनसंख्या संरचनाका कारण उत्पादक उमेर समूह घट्दै जाने र वृद्ध जनसंख्या बढ्दै जाने संकेत देखिएको प्रतिवेदनमा उल्लेख छ। सन् २०५० सम्ममा ६० वर्ष वा सोभन्दा माथिका नागरिकको अनुपात २५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। अहिले यो अनुपात झण्डै १० प्रतिशत रहेको जनाइएको छ।

प्रतिवेदनअनुसार वृद्ध जनसंख्याको तीव्र वृद्धिसँगै सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, आवास तथा पारिवारिक संरचनामा गम्भीर असर पर्ने सम्भावना रहेको छ। यसलाई मध्यनजर गर्दै सरकार, नीति निर्माणकर्ता र सरोकारवालाहरू समयमै तयार रहनुपर्ने आवश्यकतामा कार्यालयले जोड दिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यस्तो जनसांख्यिक परिवर्तनले दीर्घकालीन आर्थिक तथा सामाजिक नीति निर्माणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *