समाचार

दुधको बिक्रि वितरण बढाउन आवश्यक : मन्त्री साह

Sharing is caring!

चैत ५, २०८० । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले, दुधको बिक्री वितरण बढाउन आवश्यक रहेको बताएकी छिन् ।

सोमबार काठमाडौको प्रोलिफिक माध्यमिक विद्यालयमा आयोजित दुधपान कार्यक्रममा बोल्दै उनले, दुध उत्पादन गरेअनुसार जुन खालको बिक्री वितरण हुनुपर्ने हो त्यो हुन नसकेको भन्दै बिक्री वितरण बढाउन आवश्यक रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘दुध उत्पादन गरेअनुसार हामीले जुन खालको बिक्री वितरण गर्नुपर्ने तर आज त्यसमा समस्या देखिएको छ । त्यो समस्यालाई समाधान गर्ने उद्देश्यकासाथ लागि पर्नुपर्छ ।

उनले पशु बिमा कम्पनि चलायमानको लागि ४८ करोड स्वीकृति भएको जानकारी दिँदै भनिन् , ‘पशु बिमा कम्पनीको हकमा जो बिमा कम्पनी ठप्प अवस्थामा थियो चलायमान थिएन । अझ धेरै समस्या नै समस्यामा थियो । त्यो सञ्चालन गर्नका लागि पशु बिमा कम्पनीलाई ४८ करोड स्वीकृति भएको छ भन्ने जानकारी गराउन चाहन्छु ।’ दुधबाट बन्ने सबै खाने कुराहरूलाई बजारीकरण गर्नुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *