Headlineदेश

कानुनमन्त्रीको कल डिटेल्स सार्वजनिक गर्न सांसद सिंहको माग

Sharing is caring!

असार ५, २०८२ । स्वतन्त्र सांसद डा. अमरेश सिंहले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाको कल डिटेल्स सार्वजनिक गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले कानुनी निकायहरूमा भइरहेको हस्तक्षेपप्रति आपत्ति जनाउँदै मन्त्री चौरासियाको पछिल्लो गतिविधिबारे स्पष्ट पार्न सरकारसँग माग गरे।

उनले न्याय परिषद् विघटन गर्नुपर्ने माग गर्दै न्यायाधीश र नेताहरूबीचको सम्पर्कलाई सार्वजनिक गर्नुपर्ने धारणा राखे। “न्यायालयमा निष्पक्षता हराउँदै गएको छ, प्रत्येक अदालतमा दलीय छायाँ देखिन्छ,” उनले भने, “न्यायाधीश र नेताहरूबीच भएका कल विवरण सार्वजनिक गरिनुपर्छ।”

सांसद सिंहले विगतका उदाहरणहरू उल्लेख गर्दै न्यायिक स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न भइरहेकाले सो प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए। उनले न्याय प्रभावित पार्ने नियोजित प्रयास भइरहेको भन्दै त्यसप्रति सतर्क रहनुपर्ने चेतावनी पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *