समाचार

नेपाल बारको आन्दोलन तत्कालका लागि स्थगित

Sharing is caring!


भदौ १८, २०८१ । नेपाल बार एशोसिएशनले आन्दोलन तत्कालका लागि स्थगित गरेको छ । मंगलबार नेपाल बार एशोसिएशनमा पत्रकार सम्मेलन गर्दै आन्दोलन तत्कालका लागि स्थगित भएको जानकारी गराइएको हो ।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिबीच आइतबार वार्ता भएपछि आन्दोलन तत्कालका लागि स्थगित गर्ने सहमति भएको हो । वार्तापछि निकासका लागि पाँच सदस्यीय कार्यदल गठन भएको छ ।
सोही क्रममा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे प्रधानन्याधिशको आग्रहमा आन्दोलन स्थगित भएको तर अन्त्य नभएको बताए ।

उनले भने, ‘प्रधानन्याधिशको के आग्रह रहयो भने न्यायपालिका सबैको हो । यता कार्यदलमा कुरा गर्ने र बारको आन्दोलन पनि यसरी दैनिक रुपमा हुने हो भने त्यसले राम्रो सन्देश जादैन् । यसलाई स्थगित गर्नुपर्यो भनेर अनुरोध गर्नु भएपछि अनुरोध अनुसार आन्दोलन स्थगित गर्छौ भनेका हौं । यो स्थगित हो । अन्त्य होइन । कुरा मिलेन भने राखेको कुरामा विवाद गरेर बस्ने पक्षमा छैनौ ।’

यस्तै, उनले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत, न्याय परिषद् सदस्य वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, महासचिव अधिवक्ता अन्जिता खनाल र सदस्य सचिवमा न्याय परिषद्का सचिव यम बहादुर बुढामगर रहने गरी कार्यदल गठन भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *