समाचार

मनसुन केही दिनलाई निष्क्रिय

Sharing is caring!

असार २४, २०८१ । जल तथा मौसम विज्ञान विभागले आज(सोमबार)देखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जाने जनाएको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रूपमा दक्षिणतर्फ सर्दै जाने छ ।

विभागका अनुसार मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको छ ।

मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै खहरे खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सरोकार भएका सबैलाई विभागले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *