समाचार

सहकारी ठगीमा फरार व्यक्तिहरु फर्काउने गृहमन्त्री लेखकको प्रतिबद्धता

Sharing is caring!


साउन १४, २०८१ । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग गरी बाहिर फरार भएका र समितिले खोजेका व्यक्तिहरुलाई देशमा ल्याउन बजेट र अन्य कुनै कारणले समस्या नहुने प्रतिबद्धता जनाएका छन् । आज सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गहृमन्त्रीले समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

उनले भने, ‘गृहमन्त्रीले फरार देशभित्र देश बाहिर रहेका सम्पर्कमा आएका वा नआएका व्यक्तिको हकमा र आवश्यक जनशक्तिको व्यवस्था गर्ने बारेमा धेरै विविध र समितिको निर्देशन प्राप्त भएपछि मन्त्रालयले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले बाहिरबाट समितिले खोजेका व्यक्तिहरु देशमा ल्याउन बजेटको अथवा अरु कुनै कारणले समस्या पर्दैन् पनि भन्नु भएको छ।’

साथै, उनले गृहमन्त्रीले सहकारीको समस्यालाई सरकारले प्राथमिकतामा राखेको भन्दै संसदीय छानविन विशेष समिति सरकारका लागि मार्ग निर्देशक बन्ने पनि बताएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *