विदेश

‘मेड इन मेक्सिको’ अभियान पुनः सञ्चालनमा : स्वदेशी उत्पादन प्रवर्द्धन गर्दै मेक्सिको

Sharing is caring!

जेठ ५, २०८२ । मेक्सिको सरकारले दशकौँ पुरानो ‘मेड इन मेक्सिको’ अभियानलाई पुनः जीवन्त बनाउने घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकासँगको बढ्दो व्यापारिक तनावका बीचमा यो अभियानमार्फत देशले आफ्ना नागरिकलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दैछ ।

संघीय सरकारको अगुवाइमा केही प्रमुख उद्योगिक समूहहरूसँग सहकार्य गर्दै यो अभियान पुनःसञ्चालित गरिएको हो, जसले उत्पादकलाई गुणस्तरीय सामान उत्पादन गर्न र ‘मेड इन मेक्सिको’ ब्रान्डमार्फत राष्ट्रिय पहिचान निर्माण गर्न उत्साहित पार्ने अपेक्षा गरिएको छ ।

मेक्सिकन वाइन उत्पादक परिषद् (Mexican Wine Council) का अध्यक्ष सालोमन एबेड्रो लोपेजका अनुसार यो अभियानले देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा समेत मेक्सिकन उत्पादनलाई स्थापित गर्ने प्लेटफर्मको रूपमा काम गर्नेछ । उनले भने, “मेड इन मेक्सिको अभियानले मेक्सिकोको मौलिकता देखाउँछ, जसले घरेलु बजारमा हाम्रो उपस्थिति बलियो बनाउनेछ । पछिल्लो समय मेक्सिकन वाइनको माग र लोकप्रियता दुवै बढ्दै गइरहेको छ ।”

मेक्सिकोमा राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्ने यस्ता देशभक्तिपूर्ण अभियानले ल्याटिन अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन असर पार्दै आएको इतिहास छ । अधिकारीहरूका अनुसार यो अभियानले देशको आपूर्ति प्रणालीलाई बाह्य झट्काबाट सुरक्षित राख्न र उपभोक्ताहरूलाई आन्तरिक बजारमा आकर्षित गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *