समाचार

प्रधानमन्त्रीले शिक्षालयमा दल चाहिन्छ भनेर बोल्दै हिड्नु अस्वभनिय छ : सुमना श्रेष्ठ

Sharing is caring!

भदौ ६, २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद सुमना श्रेष्ठले शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रुपमा सबै ठाँउमा बोल्दै हिन्ने प्रधानमन्त्री भएको बताएकी छन् ।

बिहिबार प्रतिनिधि सभाको बैठकमा उनले राजनीति चाहिन्छ शिक्षक, प्राध्यापक सबैले राजनीति गर्नुपर्छ भन्ने सेनापति प्रधानमन्त्री भएको भन्दै यसमा प्रधानमन्त्रीको कार्य क्षमता भएन भनेर नभन्नु पर्ने कारण नै नरहेको बताइन् ।

उनले भनिन्, ‘शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रुपमा सबै ठाँउमा बोल्दै हिन्ने दलगत हुनुपर्छ, राजनीति चाहिन्छ शिक्षकहरुले राजनीति गर्नुपर्छ, प्राध्यापकले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ अहिलेका प्रधानमन्त्री, जरोमा पनि उही, टुप्पोमा पनि उही यसमा प्रधानमन्त्रीको कार्य क्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ ? यो प्रश्नमा मैले सरकार, कुलपति र प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए ।’

यस्तै, उनले विवाद भएका विश्वविद्यालयका कुलपति, मन्त्रीहरुको परिषद्को कप्तान र सबै संगठन दिशा दिन्छु भनेर हाक्ने सबै प्रधानमन्त्री नै भएको पनि बताईन् ।

उनले भनिन्, ‘विवाद भएका विश्वविद्यालयका कुलपति को भन्दा प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा माग गर्नुपर्ने, त्यो मन्त्रीहरुको परिषद्को कप्तान को भन्दा प्रधानमन्त्री, दलिय राजनीतिले बनाएको दुईवटा ठूलो दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापकको संगठनले जरजर बनाएर होईन म दिशा दिन्छु भनेर हाक्ने को प्रधानमन्त्री नै हो ।’

यसको साथै, विभागिय प्रमुखको पदको लागि विश्वविद्यालयहरुले बुद्धिभन्दा बल ठूलो हो र बलभन्दा दल ठूलो भनेर पढाउने गरेको भन्दै यो दलिय राजनीतिकरणले देखाएको र निम्ताएको दुरदशा भएको बताईन् ।

उनले भनिन्, ‘हामीलाई पहिला बलभन्दा बुद्धि ठूलो भनेर सिकाईएको थियो । तर अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने र धेरै मान्य ज्यूहरुले यहाँ प्रकट गरेको व्यवहारिक शिक्षा के हुनुपर्छ भन्दा बुद्धिभन्दा बल ठूलो हो र बलभन्दा दल ठूलो भनेर पढाइयो विभागिय प्रमुखको पदको लागि, दलिय राजनीतिकरणले देखाएको र निम्ताएको दुरदशा हो । तर यो त्यतीमा मात्र सिमित रहदैँन् ।’

उनले क्षमताको आधारमा नभई कुन पार्टीको झोला बोक्यो, उसलाई विभागिय प्रमुख बनाउ भन्ने र लाखौं विद्यार्थीहरुलाई बाहिर जाउ भन्ने खालको कामको रास्वपाले सधैँ विरोध गर्ने पनि बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *