देश

प्रतिनिधि सभाको बैठक बस्दै

Sharing is caring!


भदौ २४, २०८१ । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । सोमबार दिनको १ बजे बैठक बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूची रहेको छ ।

यसको साथै, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *