देश

प्रतिनिधिसभा बैठक बस्दै

Sharing is caring!


असार २७, २०८१ । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपराह्न ४ बजे बस्ने बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०) पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरुले समसामयिक राष्ट्रिय विषयमा आ–आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *