शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटघाट हुँदै
वैशाख १८, २०८२ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज साँझ भेटवार्ता हुने भएको छ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा तय भएको यो भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जानएको छ।
देशको वर्तमान राजनीतिक परिस्थिति, सत्ता सन्तुलन तथा आपसी सहकार्यका सम्भावनालाई केन्द्रमा राखेर उच्च तहको छलफल हुने अपेक्षा गरिएको छ।

