Headlineसमाचार

आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

Sharing is caring!


असार १८, २०८२ । हाल देशभर मनसुनी प्रणालीको सक्रियता रहेको छ भने मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको आसपास रहँदा अधिकांश स्थानमा वर्षा सम्भावना देखिएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

आजको मौसम पूर्वानुमान अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भूभागहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

त्यसैगरी, कर्णालीसहित विभिन्न प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भेगमा पनि छिटफुट वर्षासँगै हिमपातको सम्भावना रहेको मौसमविद्हबचु बताउँछन् ।

महाशाखाले सम्भावित वर्षाका कारण पहिरो, बाढी, डुबान तथा आवागमनमा अवरोध हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *