समाचार

आज कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना

Sharing is caring!

जेठ ७, २०८१ । नेपालमा आज पनि स्थानीय वायु र पश्चिमी वायु सक्रिय छ ।

आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *