समाचार

तराईमा अत्याधिक गर्मी बढ्यो, सर्तक रहन आग्रह

Sharing is caring!

जेठ ५, २०८१ । आज देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग-हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग-हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

यस्तै, बिगत केही दिन देखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । तराईका भू–भागका केही स्थानहरूमा केही दिन यता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको उल्लेख गर्दै शुक्रबार देखि भोलीसम्म विभागले अत्याधिक गर्मी बढ्नाले तातो हावा (लु) चल्न सक्ने भन्दै सर्तक रहन आग्रह गरेको छ । पछिल्लो समय देशभर गर्मी बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *