समाचार

आजदेखि तराईमा अत्याधिक गर्मी हुने, सर्तक रहन विभागको आग्रह

Sharing is caring!

जेठ ४, २०८१ । शुक्रबार कोशी र मधेश प्रदेश लगायत अन्य स्थानका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग-हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ ।

शुक्रबार राती कोशी, मधेश र बागमती प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, बिगत केही दिन देखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको उल्लेख गर्दै विभागले आवश्यक तयारीका लागि सर्तकता अपनाउन सचेत गराएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा केही दिन यता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको उल्लेख गर्दै आजदेखि दुई दिनसम्म विभागले सर्तक रहन आग्रह गरेको छ ।

विभागले दुई दिन तराईका विभिन्न स्थानमा अत्याधिक गर्मी बढ्ने र तातो लहर चल्ने सम्भावना रहेको हुनाले त्यसको असरबाट जोखिन आम नागरिकलाई सर्तक रहन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *