देश

आज देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

Sharing is caring!

वैशाख २९, २०८१ । शनिबार बिहानैबाट देशभर मौसम आंशिक बदली रही कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकोले आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्ग-हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, बाँकी भू–भागको एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

शनिबार राती मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग-हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *