विजनेस

मधेश प्रदेशको बजेट ४३ अर्ब ८९ करोड

Sharing is caring!

असार १, २०८१ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेटको आकार घटाएर ल्याएको छ ।

शनिबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री भरतप्रसाद साहले अगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख १७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी गराए ।

कुल विनियोजनमध्ये चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात ३६.४५ प्रतिशत र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात ६३. प्रतिशत बजेट छ ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको थियो । बजेटमा गरिबी निवारण, रोजगरी सिर्जना, चुरे संरक्षण, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखिने अर्थमन्त्री साहले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *