खेलकुद

ललित स्मृति एन्फा यु–१८ युथ लिग आइतबारदेखि

Sharing is caring!


असार २६, २०८१ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललित स्मृति एन्फा यु–१८ युथ लिग शुरु गर्ने भएको छ ।
बुधबार संघले पत्रकार सम्मेलनको आयोजना गरी यहि असार ३० देखि ललित स्मृति एन्फा यु–१८ युथ लिगको शुरुवात गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा एपीएफ फुटबल क्लब, चर्च व्याइज फुटवल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ्ग मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब गरी १२ वटा क्लबले डबल राउन्ड रोबिनका आधारमा खेलहरु खेल्ने छन् ।
प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोस्थित खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रु १,००,०००, उपविजेता टोलीले रु ५०,००० र प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समान रु १५,००० पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *