देश

जीबी राई कहाँ छन् भन्ने पत्ता लागिसकेको गृहमन्त्री लामिछानेको दाबी

Sharing is caring!

असार ६, २०८१ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन् ।

आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राई कहाँ छन् भन्ने पत्ता लागिसकेको दाबी गर्दै कुटनीतिक पहलमा ढिलाइ भइरहेको बताए ।

‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ । मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ । अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ । यो बीचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ ।’

मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारण कुटनीतिक पहलमा समय लागेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *