समाचार

सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

Sharing is caring!

जेठ १७, २०८१ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला टाकुरीमोडमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो बिहीबार बिहान राति २ बजेतिर दुर्घटनामा परेको हो ।

घटनामा मृतक र सवार यात्रुका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *