जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै
असार ७, २०८२ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज काठमाडौंमा बस्ने भएको छ।
पार्टीको हालको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक परिवेश तथा आगामी रणनीति तय गर्ने उद्देश्यसहित बैठक आयोजना गर्न लागिएको जसपाका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
उनका अनुसार बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बालकुमारीमा सुरु हुनेछ।

