समाचार

पहिचान र सामथ्र्यका आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्छ : अध्यक्ष यादव

Sharing is caring!


भदौ ९, २०८१ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘जनतासँग जसपा नेपालअभियान्ता अभिमुखीकरण कार्यक्रम’को उद्घाटन गर्दै अध्यक्ष यादवले पहिचान र सामथ्र्यका आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिलेको प्रणालीलाई बलियो बनाउन पहिचान र सामथ्र्यका आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्छ, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ । जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्छ ।’

साथै उनले राजनीतिक अस्थिरताका लागि एक अर्कालाई दोष थोपार्ने काममा ठूला दल लागेको बताए । उनले राजनीतिक स्थिरताको बहानामा संविधान संशोधनमार्फत् समानुपातिक समावेशी हटाउन खोजे स्वीकार्य नहुने चेतावनी दिए ।

उनले भने, ‘ठूला दलहरूबाट अब मुलुकको अवस्था सुधार नहुने भएकाले आफूहरू बलियो भएर आउनुपर्नेछ, यसका लागि जनतालाई संगठित गर्न चार महिने ‘जनतासँग जसपा नेपाल, अभियान’ चलाएका हौं, यो अभियानपछि मूलुक जोगाउन सडक संघर्षमा जानैपर्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *