समाचार

देशभर पश्चिमी वायुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

Sharing is caring!

फागुन २५, २०८१ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने अनुमान गरिएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हिमपातको सम्भावना भएकाले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको छ।

यस मौसम परिवर्तनले विशेषगरी दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *