खेलकुद

आईपीएल : दिल्लीको बलियो प्रदर्शन, लखनउ आठ विकेटले पराजित

Sharing is caring!

वैशाख १०, २०८२ । दिल्ली क्यापिटल्सले आइपीएलको महत्वपूर्ण खेलमा लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गरेको छ। मंगलबार राति सम्पन्न खेलमा दिल्लीले आठ विकेटको जित दर्ता गर्दै प्लेअफको सम्भावना अझ बलियो बनाएको हो।

लखनउको घरेलु मैदानमा टस जितेर दिल्लीले पहिले बलिङ रोजेको थियो। ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो। एडन मक्रमले ५२ रन बनाए भने मिचेल मार्सले ४५ रनको योगदान दिए। आयुष बढोनीले ३६ रन बनाए।

दिल्लीका बलर मुकेश कुमारले चार विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। मिचेल स्टार्क र दुश्मन्था चमीराले एक–एक विकेट लिए।

१६० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको दिल्लीले १७.५ ओभरमै लक्ष्य भेट्टायो। केएल राहुलले अविजित ५७ रन बनाए। उनले ४२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। अभिषेक पोरेलले ५१ रन बनाए भने कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे।

लखनउका लागि एडन मक्रमले दुई विकेट लिए, तर बाँकी बलरहरू प्रभावशाली देखिएनन्।

जितसँगै दिल्लीले ८ खेलमा १२ अंक बनाएको छ। प्लेअफ समीकरणमा दिल्ली बलियो स्थितिमा पुगेको छ। अब बुधबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ। मुम्बई छैटौं स्थानमा छ भने हैदराबाद नवौं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *