विदेश

भारतद्वारा ‘अपरेसन सिन्दूर’ सफल, आतंकवादविरुद्ध कडा सन्देश

Sharing is caring!

वैशाख २८, २०८२ । भारत सरकारले हालै सम्पन्न गरेको ‘अपरेसन सिन्दूर’ केवल एक सैन्य कारबाही मात्र नभई राष्ट्रको राजनीतिक, सामाजिक तथा सामरिक इच्छाशक्तिको प्रतीक बनेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस कारबाहीलाई नयाँ भारतको प्रतिबिम्ब भन्दै सीमा पार आतंकवादविरुद्ध सशक्त कदम भनेका छन्। “यो नयाँ भारत हो, जुन आतंकवादको विरुद्ध सीमा दुवैतर्फ कारबाही गर्न सक्षम छ,” प्रधानमन्त्री मोदीले स्पष्ट पारे।

रक्षा मन्त्री राजनाथ सिंहले पनि अपरेसन सिन्दूर भारतको साहस र संकल्पको प्रमाण भएको बताए। “हामी शान्तिको पक्षमा छौं, तर आतंकवादको कुनै पनि स्वरूपलाई सहन गरिँदैन,” उनले भने।

भारतको राजधानी नयाँ दिल्लीबाट सञ्चार माध्यमलाई सम्बोधन गर्दै रक्षा मन्त्री सिंहले अपरेसन सफल भएको र आवश्यक परे थप कडा कदम चाल्न भारत तयार रहेको संकेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *