विदेश

बुद्ध पूर्णिमा अवसरमा भारतीय गृहमन्त्री शाहद्वारा शुभकामना व्यक्त

Sharing is caring!

वैशाख २९, २०८२ । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले बुद्ध पूर्णिमाको अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै शाहले ज्ञान, करुणा र अहिंसाको मार्गमा अग्रसर भई मानव समाजमा समानता र एकताको सन्देश दिने भगवान बुद्धको जीवनले सम्पूर्ण मानव जातिलाई प्रेरणा दिने बताए।

उनले लेखेका छन्, “ज्ञान, करुणा और अहिंसा के मार्ग पर चलकर मानव समाज को समानता और एकता का संदेश देने वाले भगवान बुद्ध का जीवन मनसा, वाचा और कर्मणा की त्रिवेणी है। भगवान बुद्ध से सभी के सुख और शांति की कामना करता हूँ।”

गान्धीनगर लोकसभा क्षेत्रबाट सांसद समेत रहेका शाहले भगवान बुद्धको शिक्षालाई आजको विश्वले अझ गहिरो रूपमा आत्मसात गर्नुपर्ने उल्लेख गर्दै बुद्धका आदर्शहरू सम्पूर्ण मानवताका लागि अमूल्य पथप्रदर्शक भएको बताए।

बुद्ध पूर्णिमा हिन्दू तथा बौद्ध परम्परामा महत्वपूर्ण पर्व मानिन्छ। यस दिनलाई भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको सम्झनामा मनाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *