देश

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट, भारत-पाकिस्तान तनावबारे चर्चा

Sharing is caring!

वैशाख २६, २०८२ । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत र पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमको बारेमा जानकारी दिए।

राजदूत श्रीवास्तवले आक्रमणको जवाफी कारवाही भारतले गरेको भए पनि जेट हमलाको बारेमा गरिएको प्रचारलाई असत्य रहेको दाबी गरे। यस घटनामा नेपाल सरकारको तर्फबाट बिहीबार सार्वजनिक भएको वक्तव्यप्रति उनले धन्यवाद व्यक्त गरे।

सो अवसरमा, प्रधानमन्त्री ओलीले नेपालको स्पष्ट धारणा राख्दै, विश्व शान्तिका पक्षमा रहेको नेपालले सबै प्रकारका आतङ्कवादको विरोध गर्ने उल्लेख गरे। उनले नेपालको भूमिको प्रयोग कुनै पनि द्वन्द्वरत शक्तिहरूलाई आफ्नो छिमेकी राष्ट्रहरूको विरुद्ध प्रयोग गर्न नदिने कुरा पुनः दोहोर्याए।

यस भेटका क्रममा नेपाल र भारत बीचको पारस्परिक समझदारी र सहयोगको महत्व पुनः जोड दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *