भारतीय वायुसेनाद्वारा पाकिस्तानका ९ आतंकवादी स्थानमा हवाई आक्रमण
वैशाख २४, २०८२ । भारतले आतंकवादी गतिविधि रोक्ने उद्देश्यले भारतीय वायुसेनाद्वारा पाकिस्तानका ९ प्रमुख आतंकवादी स्थानमाहरूमा हवाई आक्रमण गरेको छ ।
भारतले आतंकवादविरुद्धको कडा सन्देश दिँदै मंगलबार मध्यरातमा पाकिस्तानका विभिन्न भागहरूमा रहेका नौवटा प्रमुख आतंकवादी क्याम्पहरूमा लक्षित हवाई आक्रमण गरेको छ । भारतीय वायुसेनाले गरेको यो कारबाहीलाई ऐतिहासिक कदमको रूपमा लिइएको छ ।

भारतीय संचार माध्यमका अनुसार, यो आक्रमण पाकिस्तान शासित कश्मीर (PoK) तथा पाकिस्तानको गहिराइसम्म पुगेर गरिएको हो, जहाँ भारतविरोधी गतिविधिहरू चलाउने विभिन्न आतंकवादी संगठनका मुख्य आधार शिविरहरू सक्रिय थिए । यस आक्रमणमा जैश–ए–मोहम्मद, लश्कर–ए–तोइबा, र हिज्बुल मुजाहिद्दीन जस्त कुख्यात आतंकवादी संगठनहरूका संरचनाहरूलाई निशाना बनाइएको थियो ।
भारत सरकारको यो कदमले देशभर भारतीय नागरिकहरू र राजनीतिक नेताहरूले वायुसेनाको प्रशंसा गरेका छन् । दिल्ली, मुम्बई, बैंगलोर लगायतका सहरहरूमा वायुसेनाको जयजयकार गरिएको छ । भारतीय वायुसेनाले यस आक्रमणलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।

