युद्धविरामका लागि भारत–पाकिस्तान सहमत भएको ट्रम्पको दाबी
वैशाख २७, २०८२ । अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड जे. ट्रम्पले भारत र पाकिस्तानबीच पूर्ण र तत्काल युद्धविराममा सहमति जुटेको दाबी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत एक ट्वीट गर्दै यो जानकारी दिएका हुन्।
ट्रम्पका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो रातको वार्तापछि दुबै देश युद्धविराममा सहमत भएका हुन्। उनले लेखेका छन्, “संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि म खुसीका साथ घोषणा गर्न चाहन्छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्।”
उनले भारत र पाकिस्तान दुवै देशलाई सामान्य बुद्धि र उत्कृष्ट निर्णय क्षमताको प्रयोग गरेको भन्दै बधाई पनि दिएका छन्।
“दुवै देशले सामान्य बुद्धि र महान निर्णय क्षमता प्रयोग गरेकामा बधाई छ,” ट्रम्पले उल्लेख गरेका छन्, “यस विषयमा ध्यान दिएकोमा धन्यवाद।”
तर ट्रम्पको यो दाबीबारे भारत वा पाकिस्तान सरकारले आधिकारिक प्रतिक्रिया जनाइसकेको छैन।


