समाचार

काठमाडौं मेयरलाई सांसद अमरेश सिंहको चेतावनी

Sharing is caring!

फागुन १८, २०८० । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी तथा संकलनकर्ताहरुमाथि मेयर बालेन साहले दुव्र्यवहार गरेको भन्दै विरोध जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगरमा कुनै बिकासको भान हुने गरी काम नगर्ने तर फुटपाथको व्यापारीलाई त्रसित बनाउने, कवाडीहरुलाई हटाउने जस्ता ज्यादती काममा मात्र महानगर संलग्न हुने गरेको आरोप लगाए ।

उनले महानगरमा बिकासको भान हुन चाँहि नपाउने तर कहिले फुटपाथको व्यापारीलाई त्रसित बनाउने टाउको फुटाउने कहिले कवाडीहरुलाई हटाउने । आज काठमाडौंको मान्छे संघीय सरकार पुलिस पठाएर महानगरसँग दोस्ती गरेर काम छैन । जसरी कवाडीको साथ दुव्र्यवहार गरिएको छ । कुनै मेयरले बनाएको काठमाडौं होइन संघीय राजधानी हो यहाँ एउटा गरीब पनि बस्न पाउँछ, चेपाङ पनि बस्न पाउँछ र प्रधानमन्त्री पनि यो प्रधानमन्त्री मेयर मात्र बस्न बनेको होइन । काठमाडौंको मेयरलाई भन्न चाहन्छु । मेयरबाट यस्तो हर्कत हट्नुपर्छ नत्र काठमाडौं न त संघीय सरकारको कन्ट्रोलमा हुन्छ मेयर को त कुनै औकात नै छैन ।’

शुक्रबार कवाड संकलन गरेर राख्ने ठाउँमा डोजर चलाएको र राख्न नदिएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी एवम् संकलनकर्ताहरुले मेयर बालेन्द्र साहले आफुहरुविरुद्ध ज्यादती गरेको आरोप लगाएर थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पुग्नेगरी महानगरको निर्णयविरुद्ध जुलुससहित विरोध आन्दोलन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *