बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त
साउन ८, २०८१ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् ।
मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

