खेलकुद

पाकिस्तान विश्वकप क्रिकेटबाट बाहिरियो, अमेरिका विश्वकप सुपर आठमा

Sharing is caring!

असार १, २०८१ । अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान आइसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।

समूह ए को खेलमा अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टस समेत हुन नसकि रद्द हुँदा दुवै टिमले एक–एक अंक बाँडे । यी दुई बिचको खेलको नतिजामा झिनो आशा राखेको पाकिस्तान भने खेल रद्द भएसँगै प्रतियोगिताबाटै बाहिरन पुग्यो ।

तालिकामा थप एक अंक जोडेसँगै अमेरिका विश्वकपको सुपर आठमा प्रवेश गरेको छ ।

जारी विश्वकप अन्तर्गत समूह ए मा रहेको भारतले तीन खेलमा छ अंक जोडेर सुपर आठमा यसअघि नै पुगिसकेको छ । चार खेल खेलेको अमेरिका पाँच अंकसहित दोस्रो स्थानमा रहेर सुपर आठमा प्रवेश गर्दा तीन खेल खेलेको पाकिस्तान दुई अंकसहित तेस्रो स्थानमा रहँदै एक खेल अगावै बाहिरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *