समाचार

मानव बेचबिखन नियन्त्रणका लागि कानून परिमार्जन आवश्यक : मन्त्री शर्मा

Sharing is caring!


असार २१, २०८१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन हुनेगरी कानून परिमार्जन गर्ने बताएकी छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेटसमेत विनियोजन गर्दै लगिने बताएकी हुन् ।

उनले भनिन् ‘महिलाको आर्थिक आत्मनिर्भरता वृद्धि हुने एवं शसक्तिकरणमा आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम प्रस्ताव गरिएको छ । कार्यक्रममा अपेक्षाकृत बजेट विनियोजनको प्रस्ताव नभए तापनि सोपछिका आर्थिक वर्षहरुमा पर्याप्त बजेट विनियोजन गर्दै लगिनेछ ।’

शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हित संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने तथा भइरहेका नीति र कानूनहरु परिमार्जन गर्ने पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *