देश

नेता र कर्मचारी मिलेर देश बनाउनुपर्छ : उपसभापति गुरुङ

Sharing is caring!

चैत २९,२०८१ ।  नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले मुलुकको समृद्धिका लागि नेता र कर्मचारी दुवैको इमान्दारिता आवश्यक रहेको बताएका छन्।

शुक्रबार ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा नेपाल निजामती कर्मचारी युनियन, ललितपुर महानगरपालिकाले आयोजना गरेको नववर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै गुरुङले देश विकासको मुख्य कुञ्जी नेतृत्व र कर्मचारीतन्त्र भएको बताए।

“नेता र कर्मचारी ठीक भए देश आफैँ ठीक हुन्छ,” गुरुङले भने, “देश बनाउने भनेको नेताले मात्र होइन, कर्मचारीको भूमिकासमेत महत्वपूर्ण हुन्छ।”

उहाँले अनुशासन कायम गर्न कडाइ आवश्यक भए पनि सुधारको प्रमुख माध्यम चेतना र कर्तव्यबोध हुनुपर्नेमा जोड दिए। “कसैलाई कारबाही गर्छौं भनेर सुधार गर्नु भन्दा कर्म सम्झेर इमान्दारीपूर्वक काम गर्नुपर्छ,” उहाँले भन्नुभयो।

गुरुङले नेतृत्वमा पुग्नेहरूले इमान्दार भएर काम नगर्दा देशले अपेक्षित सुधार हासिल गर्न नसकेको धारणा राखे। कार्यक्रममा अन्य वक्ताहरूले पनि प्रशासन र नेतृत्वबीचको समन्वयले देश विकासको गति तिव्र बनाउन सक्ने विश्वास व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *