पत्रकार दिलभूषण पाठकको गिरफ्तारीमा उच्च अदालतको रोक
असार २, २०८२ । पत्रकार दिलभूषण पाठकलाई गिरफ्तार नगर्न उच्च अदालत पाटनले अस्थायी आदेश जारी गरेको छ । न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले आज (सोमबार) उक्त आदेश जारी गर्दै साइबर अपराधको आरोपमा प्रहरीद्वारा अगाडि बढाइएको प्रक्रियामा रोक लगाएको हो ।
नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिएको थियो । तर पत्रकार पाठकले आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
प्राथमिक सुनुवाइपछि अदालतले उनलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो । पाठकका कानुनी प्रतिनिधि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार, अदालतले तत्कालका लागि गिरफ्तारी रोक लगाएको छ ।
“५ गते यस विषयमा विस्तृत बहस हुनेछ,” त्रिपाठीले बताए, “त्यसपछि अदालतले अन्तिम निर्णय दिनेछ । अहिलेका लागि भने पक्राउ रोकिएको छ ।


