सुशासनको उत्कृष्ट नमूना: हल्दिबारीले २७ करोड लागत अनुमान गरिएको पुल २ करोड ३० लाखमै सम्पन्न गर्यो
जेठ ८, २०८२ । झापाको हल्दिबारी गाउँपालिकाले उदाहरणीय कार्य गर्दै सडक विभागले २७ करोड लागत अनुमान गरेको पुल जम्मा २ करोड ३० लाख रुपैयाँमै निर्माण गरेर गरेको छ।
यो परियोजनाले सार्वजनिक ढुकुटीको दुरुपयोग भइरहेका बेला स्थानीय तहबाट प्रभावकारी लागत व्यवस्थापन र सुशासन सम्भव छ भन्ने प्रमाणित गरेको छ।
सडक विभागले तयार पारेको डीपीआरअनुसार पुलको निर्माण लागत करिब २७ करोड रुपैयाँ हुने उल्लेख गरिएको थियो। तर, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्गदेनको पहलमा स्थानीय स्रोत र दक्षता प्रयोग गर्दै पुललाई निकै कम खर्चमा निर्माण गर्न सकिएको हो।
गाउँपालिका अध्यक्ष लिङ्गदेनले सामाजिक सञ्जालमार्फत उक्त कामको विवरण सार्वजनिक गर्दै भने, “हामीले देखायौं कि पारदर्शिता, लगनशीलता र जनप्रतिनिधिको इच्छाशक्ति भएमा ठूलो बजेट खर्च नगरी पनि उत्कृष्ट काम गर्न सकिन्छ।”
उनको यो कामको सर्वत्र प्रशंसा भइरहेको छ। विशेषगरी सुशासन, पारदर्शिता र आर्थिक अनुशासनको अभ्यास गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट यो प्रयासलाई पार्टी समर्थकहरूले गर्वको विषयका रूपमा हेरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टीले सुशासन र राष्ट्रवादी मूल्यहरूमा आधारित काम गर्दै आएको सन्देश दिन यो कार्यले ठूलो सन्देश दिएको छ।
स्थानीय बासिन्दाहरूले पुल निर्माणको काममा लागत, गुणस्तर र समय तीनै पक्ष सन्तुलनमा राखिएको भन्दै अध्यक्ष लिङ्गदेनप्रति आभार प्रकट गरेका छन्।

