देश

सरकारको नीति कागजको खोस्टा जस्तै देखिएको सांसद ज्ञानेन्द्र शाहीको टिप्पणी

Sharing is caring!

वैशाख १९, २०८२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं संघीय सांसद ज्ञानेन्द्र शाहीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति कडा आलोचना गरेका छन्।

शुक्रबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रस्तुत नीति कागजको खोस्टा र सुगा रटाई जस्तो भएको टिप्पणी गरे।

“देशको सबैभन्दा ठूलो समस्या अहिले युवाहरूको बेरोजगारी र आन्तरिक सुरक्षा हो,” शाहीले भने, “तर नीति कार्यक्रममा ती विषयहरूलाई समेटिएको छैन। यो त पुरानो ढुङ्गामा टाँसिएको कागजको खोस्टा मात्रै हो।”

उनले सरकार जनआवाज दबाउने र लुटतन्त्र टिकाइराख्न उद्यत भएको आरोप समेत लगाए। “पहिलो पटक नीति तथा कार्यक्रममा लुटतन्त्रको विरोध गर्नेहरूलाई ‘ठिक’ पार्ने नीति आएको छ। यो सरकार लुटतन्त्रको संरक्षक हो भन्ने पुष्टि भएको छ,” उनले भने।

शाहीका अनुसार सरकारले ल्याएको यो नीति परिवर्तन होइन, जनविरोधी शैलीमा सत्तालाई जोगाउने प्रयास मात्रै हो। “बोल्नेहरूलाई थुन्ने, डराउने र जनता दबाउने कार्यक्रम ल्याएर सरकार स्वयं नै डराएको संकेत दिएको छ,” उनले निष्कर्ष निकाल्दै भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *