समाचार

दलहरुले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छायो : डा. शेखर कोइराला

Sharing is caring!

चैत २९, २०८० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतामा बढेको निराशा हटाउन आफूले पार्टीभन्दा माथि उठेर देश बचाउने अभियान सुरु गरेको बताएका छन् । घोराहीमा बिहीबार नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले देश दुर्घटनाको संघारमा पुगेकाले अभियान सुरु गरेको बताए ।

उनले भने, ‘मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ ।राजनीतिक दलहरुले राष्ट्र पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर राष्ट्रलाई निकास दिउँ ।’

राजनीतिक दलहरुले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको उनले बताए । नेताहरुले पहिले आफू, त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले संकट बढेको दुखेसो कोइरालाले पोखे । नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपु¥याएसम्म आफ्नो यात्रा नरोकिने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *