विदेश

प्रकृति लम्सालको निधनप्रति भारतीय विदेश मन्त्रालयद्वारा दुःख व्यक्त

Sharing is caring!

फागुन ९, २०८१ । भारतको ओडिशा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनप्रति भारत सरकारले दुःख व्यक्त गरेको छ।

भारत सरकारको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साप्ताहिक मिडिया ब्रिफिङमा बोल्दै लम्सालको असामयिक निधनले आफूहरू मर्माहत भएको बताएका छन्।

“हामी नेपाली छात्रा प्रकृति लम्सालको दुःखद निधनबाट निकै दुखी छौँ। उनको परिवारलाई गहिरो समवेदना व्यक्त गर्छौँ,” प्रवक्ता जयसवाललाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ। साथै, उनले भारतमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई सरकारको उच्च प्राथमिकता रहेको पनि बताएका छन्।

प्रवक्ता जयसवालका अनुसार घटनापछि भारतको विदेश मन्त्रालय ओडिशा सरकार र केआईआईटी विश्वविद्यालयका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको छ। साथै, नेपाल सरकारका अधिकारीहरूसँग समेत समन्वय भइरहेको जानकारी दिएका छन्।

गत फागुन ४ गते केआईआईटी विश्वविद्यालयमा बी.टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय निधन भएको थियो। यस घटनासँगै अन्य नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको विषय समेत चर्चामा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *