देश

एसियाली विकास बैंकबाट १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकार

Sharing is caring!

भदौ २१, २०८१ । सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई नियुक्ति गरेको छ । हिजो बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा गोबिन्द गुरुङलाई नियुक्ति गर्ने निर्णय भएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनले भने,‘कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई मनोनयन गर्ने निर्णय भएको छ ।’ त्यस्तै एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोलि गठन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

उनले भने,‘एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुो अमेरिकी डलर एक सय मिलियन करिब १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *