समाचार

सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ : सांसद परियार

Sharing is caring!


भदौ १७, २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले दुख गरेर ल्याएको व्यवस्थालाई सरकारले चासो नदेखाएको गुनासो गरेका छन् । सोमबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद परियारले सरकार नकारात्मक कुराहरुमा मात्र अल्मलि रहेको बताएका हुन् ।

उनले भने, ‘हामिले यत्रो क्रान्ती र दुख गरेर व्यवस्था ल्याएका छौं, त्यो व्यवस्थाजन्य गर्नुपर्ने कुरालाई कुनै पनि सरकार खासै इच्छुक देखिँदैन, सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ , कानून बनेका छैनन्, निर्देशन गरेको नीति अनुसारका काम बनेका छैनन् , कार्यक्रमहरु ल्याइएको छैन ।’

साथै उनले संविधानले कल्पना गरेका दायित्वहरु राज्यले पूरा नगरेको भन्दै सरकार गलत बाटोमा मात्र गैइरहेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *