सुनचाँदीको मूल्य बढ्यो, आजको नयाँ दर कति ?
फागुन १, २०८१ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २,३०० रुपैयाँले बढेर १,६९,८०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन अर्थात् बुधबार, छापावाल सुनको मूल्य तोलाको १,६७,५०० रुपैयाँ रहेको थियो। सुनको मूल्य वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव तथा डलर विनिमय दरमा आएको परिवर्तन भएको व्यवसायीहरूले बताएका छन्।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि वृद्धि भई तोलाको १,९६५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य १,९३० रुपैयाँ थियो।

