विजनेस

सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलामा १ लाख ९१ हजार रुपैयाँ

Sharing is caring!

वैशाख ८, २०८२ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

महासंघका अनुसार अघिल्लो साता बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ थियो । त्यसयता सानो घटबढपछि सोमबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको हो ।

आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो । सोमबारको तुलनामा आइतबारको मूल्यभन्दा तोलामा १ हजार २ सय रुपैयाँ कम थियो ।

चाँदीको मूल्य भने स्थिर देखिएको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *